जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी हो : उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको दाबी गरेका हुन् ।
उनले आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने जिकिर गरे । यसअघि पनि गठबन्धनले निर्वाचनलाई टार्ने प्रयास गरेपनि एमाले नै विफल बनाएको उहाको भनाई छ । उहाले जनताहरुको पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता अझै पनि रहेको उनले बताए ।
त्यस्तै महासचिव शंकर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखे । उनले निर्वाचनको मतपरिणामलाई आफु अनुकुलको बनाउन खोज्ने गठबन्धनको षडयन्त्रलाई विफल बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेताहरू सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताहरुले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया