शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

बागलुङ घटना योजनाबद्ध भएको भन्दै छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ : होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ । कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी घटना योजनाबद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

आइतबार होली मेलामा जम्मा भएका युवाहरूको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो । घटनामा मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन् ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडपभएको थियो।  आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए ।

यो पनि

होलीमा झडप प्रकरण : 'भीरबाट खसालेर मारेछन्'