पल शाहको मुद्दाको सुनुवाई अर्को सातालाई सर्यो

पोखरा- पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ अर्को सातालाई सरेको छ । पल पक्षका वकिलले नै सुनुवाई अर्को हप्तालाई सार्न अग्रह गरेपछि सुनुवाई स्थगित गरेको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताएका छन् ।
जबर्जस्ती करणी आरोपमा पक्राउ परेका शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा बिहीबार सुनुवाइ गर्ने कार्यतालिका थियो । अब पेशी अर्को शुक्रबार हुनेछ । ‘आज सुनुवाइ स्थगित भएको छ । उहाँ (पल शाह)कै वकिलहरुले सुनुवाई हटाउनुभयो,’ उनले भने, ‘अब अर्को पेसी अर्को शुक्रबार हुन्छ ।’
उक्त मुद्दा न्यायधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा थियो । नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया