अर्थमन्त्रीको दबाबमा रूपन्देहीका सिडिओ र दुई प्रहरी प्रमुखको सरुवा

बुटवल : रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको एकै साथ सरुवा भएको छ । सोमबार प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको एकै साथ सरुवा भएको हो ।
मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृहमन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । गृह मन्त्रालयका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ आस्मान तामाङ आउने भएका छन् ।
एक महिनाअघि रुपन्देहीको मोतिपुरमा अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई ढुङगामुढा भएको थियो । मोतिपुर आौद्योगिक करिडोर शिलान्यास गर्न पुगेका मन्त्रीद्वयमाथि स्थानीयले ढुङ्गा हानेका थिए । उक्त घटनामा सुरक्षा अधिकारीहरुको कमजोरी भएको दलीय कार्यकर्ताको दाबी थियो ।
गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए ।
र, यो पनि
- अर्थमन्त्रीमाथि ढुंगा प्रहार : प्रहरी र स्थानीयबीच झडप (फोटो/भिडियो)

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया