शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

आतिशबाजीका साथ आँचलको मुख्य भूमिका रहने ‘वर एन्ड वधु’ घोषणा

काठमाडौँ - आँचल शर्माको मुख्य भूमिका रहने ‘वर एन्ड वधु’को औपचारिक घोषणा गरिएको छ । बुधबार नयाँ बानेश्वरको पाँचतारे होटमा आतिशबाजीका साथ फिल्मको औपचारिक घोषणा गरिएको थियो । 

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य शीर्ष भूमिकामा देखिदैछन् । उनीहरूको साथमा चलचित्रका विजय लामा, रमेश वुढाथोकी, रविन्द्र खड्का, वुद्दि तामाङ, किरण केसी, हिमेष पन्त, श्रृष्टी खड्का, राजकुमार शाह, रविना केसी, मनोज केसी, ध्रुव दत्त, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा कथा,पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । यस्तै, चलचित्रमा सुदिप बरालको छायांकन, कविराज गहतराज र सुसी वाइबाको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहनेछ ।

कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले यो चलचित्रसँग जोडिन पाउँदा आफूले भाग्यमानी ठानेको बताइन् । यस्तै, नव–नायक विवेकले चलचित्रका लागि आफूले मिहिनेत गरेको र दर्शकले चलचित्रमा त्यसको नजिता पनि देख्ने बताए ।

निर्देशक मिलन चाम्सले आफूले सधै नै चलचित्र क्षेत्रको विषयमा मात्र सोच्ने गरेको बताए । कमेडी र लभस्टोरी कथामा बन्ने यो चलचित्रलाई पनि दर्शकले रुचाउनको उनको विश्वास छ । तीन हप्तापछि छायांकनमा निस्कने फिल्मको सुटिङ नेपालबाहेक फ्रान्स र इटलीमा पनि हुनेछ ।