हलमा नचले पछि ओटीटीले पनि लिन मानेनन् कंगनाको ‘धाकड’

मुम्बई -बक्स अफिसमा फिटिक्कै नचलेको कंगना रनावत अभीनित ‘धाकड’ले ओटीटीबाट पनि निराशा खेप्नु परेको छ । हलमा नचलेको यो फिल्म किन्न ओटीटीले पनि अस्वीकार गरेको खबर छ । अघिल्लो शुक्रबार ‘भूलभूलैया २’सँगै रिलिज भएको यो फिल्ममा एक जना पनि दर्शक नआएपछि सो बन्द भएको समाचार आएका थिए ।
यो फिल्मले रिलिजको पहिलो दिन ५० लाख कमाइ गरेको थियो भने त्यसयता ५–१० लाख दिनहुँ कमाइ गर्दै आएको छ । यसरी हप्ताभरमा यो फिल्मले जम्मा ३ करोड कमाइ गरेको खबर छ ।
सामान्यतया धेरै जसो फिल्मले रिलिज अगावै ओटीटी र सेटेलाइट अधिकार बेच्छन् । ‘धाकड’ले भने रिलिजपछि थप पैसा पाउने आसमा यी दुवै अधिकार बेचेको थिएन । अहिले रिलिजपछि बेच्न खोज्दा कसैले पनि यो फिल्म किन्न रहर नगरेको बताइएको छ ।
कंगना रनावत र अर्जुन रामपाल अभीनित फिल्मलाई स्पाई थ्रिलरको रुपमा चित्रण गरिएको थियो । तर कंगनाको यो थ्रिलरलाई दर्शकले पूर्णतया नकारी दिएका छन् । कंगनाको यस पहिले रिलिज ‘थलाइवी’ पनि बक्स अफिसमा राम्ररी चलेको थिएन ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया