रोष्टममा प्रचण्डको ५६ मिनेट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि संसद्मा धारणा राखेका छन् । शनिबार संसद्मा महँगी र नेपालको अर्थतन्त्रबारे आफ्नो धारणा राखेका छन् । उनले करिब ५६ मिनेट बोलेका थिए ।
महँगी यसरी दैनिक रुपमा बढ्दै गएमा प्रत्येक भान्साबाटै विद्रोह सुरु हुने परिस्थिति बनेको प्रचण्डले बताए । जनतालाई महँगीको मारबाट जोगाउन र राहत दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले कुरा गरेको बताएका छन् ।
'मंहगीको मारले नेपाली जनताको ढाड सेकिएको छ । प्रत्येक भान्साबाटै विद्रोह सुरु हुन्छ भन्या जस्तो परिस्थिति लागेको छ' प्रचण्डले भने 'दिनदिनै महँगी बढ्यो । जनता आजित भइसके । यसको सामना हामीले गर्नुपर्छ ।'
'मुल्यवृद्धि जसरी भएको छ । महँगीको मारबाट जनता बचाउनका लागि पेट्रोलियम पदार्थको कर हटाएर जनतालाई राहत दिऔँ । सरकारको ध्यान जाओस्' प्रचण्डले भने 'कर घटाएर भए पनि मुल्यवृद्धि रोकौँ भनेर भनेको प्रधानमन्त्रीलाई ।'
प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर र धरान उपमहानगरपालिकाको मेयर मात्रै स्वतन्त्र भएको बताए । उनले अन्य ठाउँमा जितेका स्वतन्त्र उम्मेदवार दलका कार्यकर्ता भएको बताए । 'काठमाडौँ र धरानमा फूल फक्रिए । यही व्यवस्थाको उपलब्धि हो' प्रचण्डले भने 'तर यो राजनीतिलाई चुनौती मात्रै होइन हामीलाई सचेत हुन र कमीकमजोरी सच्याउन अवसर पनि हो ।'
एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास रहेको प्रचण्डले बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्भ र अहंकारबाट पछि नहटेको बताएका छन् । तर ओलीले घोचपेच मात्रै गरेको उनले बताए । 'ओली दम्भ र अहंकारबाट पछि हटेनन् । एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास छ' प्रचण्डले भने 'ओलीसँग यो दम्भ र अहंकार नहुने हो भने अरु सबै एमालेका कार्यकर्तासँग मिलेर काम गर्न म कठिन हुने देख्दिन । तर अझै बाँण प्रहार गर्नुभयो । आज यो परिस्थित कसले बनायो ? जिम्मेवारी को ?'
'मलाई नमिठो अनौठो लाग्यो अस्ति प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताले भनेका कुरा । हामी कसैको बैशाखी टेकेर हिड्दैनौँ भन्नु भो । म त्यहीँ अगाडी छु आँखा जुधेको छ । आज आउनु भएन' प्रचण्डले भने 'मेरो अगाडि कम्तिमा पनि जसको सहयोमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । यो बैशाखी हो कि सहयोग हो ?'
'चुनावले बलियो सन्देश दियो ति सबै तत्वलाई दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मिच्न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो' प्रचण्डले भने ।
'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया