इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र सुरु गरिने

इराक : यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ । सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय शनिबार गरेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो ।
आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ । यसअघि उप–शिक्षा मन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्र्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।
शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे । उनले यसअघि लागु हुदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्था अनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि जानकारी दिएका थिए ।
त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानल मार्फत् गर्ने बारेमा पनि सोँचविचार भइरहेको उनको भनाइ छ ।
अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८८० जना सङ्क्रमित भएका छन् । योसँगै इराकमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ । (एएनआई)

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको जन्मको रहस्य

सामाजिक सञ्जालले 'डिभोर्स' बढेपछि कुवेतमा जागरण अभियान

सिनेमा हल बन्द गराउने साउदीअरबले अब ५ महत्वकांक्षी फिल्म निर्माण गर्ने

बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

प्रत्येक २ मिनेटमा बच्चा जन्माउने क्रममा एक महिलाको मृत्यु : राष्ट्रसंघ

बेलायतको आणविक पनडुब्बी नजिक रूसको जासुसी क्यामेरा, युरोपभर हलचल

प्रतिक्रिया