कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु

काठमाडौँ- एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास गरेको छ । कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो । नेपालले स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो ।
नेपाली टिमले केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो । कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २ २ र श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो ।
यसपछि नेपाली टिम शनिबार कुवेत आईपुगेको थियो । नेपालले भोलि सोमबारसमेत सोहि मैदानमा अभ्यास गर्नेछ । स्थानीय समयअनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् ।
हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् । समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया