सालाह र केरलाई प्लेयर अफ द इयर अवार्ड

काठमाडौँ – लिभरपुलका मोहमद सालाह र चेल्सीकी साम केरलाई पीएफए प्लेयर्स प्लेयर अफ द इयर अवार्ड प्रदान गरिएको छ । सालाहलाई पुरुष तथा केरलाई महिलातर्फको अवार्ड प्रदान गरिएको हो । सन् २०२१-२२ को सिजनमा इंग्लिस प्रिमियर लिग अन्तर्गत सालाहले तथा महिलाको सुपर लिग अन्तर्गत केरले गोल्डेन बुट जितेका थिए ।
यता म्यानचेस्टर सिटीका २२ वर्षीय फिल फोडेनले योङग प्लेयर अफ द इयर अवार्ड हात पारे । महिलातर्फ सिटीकै २१ वर्षीया लाउरेन हेम्पले उक्त अवार्ड हात पारिन् ।
सालाहले यस सिजनको प्रिमियर लिगमा लिभरपुलका लागि २४ गोल गरे साथै १४ गोलका लागि असिस्ट गरे । उनले लिभरपुललाई कारवाओ कप र एफए कप समेत जिताउन महत्वपूर्ण भूमिका खेले ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया