मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

मेटाभर्स स्मार्टफोन ल्याउँदै एचटीसी

काठमाडौंँ- एचटीसीले ‘मेटाभर्स’ ल्याउने तयारी गरेको छ । कम्पनीले यसअघि नै  'मेटाभर्स' सार्वजनिक गर्ने भनेतापनि कोभिड लगायतका विभिन्न कारण देखाइ जुलाईको अन्त्यसम्ममा स्मार्टफोन सार्वजनिक गर्ने भएको हो।

कम्पनीका अनुसार जुन २८ तारिखमा आफ्नो मेटाभर्स स्मार्टफोन विश्व बजारमा उपलब्ध गराउने तयारी गरेको हो ।​ एचटीसीले ‘लग इन टु दि फ्युचर’ स्लोगन का साथ यो फोन ल्याउने तयारी गरेको छ।

कम्पनीले ट्विटरमा आफ्नो आगामी स्मार्टफोनको टिजर पोस्ट गरेको छ। फोनमा मेटाभर्सका के कस्ता विशेषता हुनेछन् त्यो भने जुन २८ सम्म कुर्नुपर्ने हुन्छ ।