रियल मड्रिडले गर्यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध

काठमाडौँ- स्पेनिस महारथि रियल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।
दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ ।
चुआमेनीले सन् २०२१–२२ मा मोनाकोबाट ३५ खेलमा तीन गोल र दुई असिस्ट गरेका थिए । सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका चुआमेनीले फ्रान्सबाट ११ खेल खेलेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार चुआमेनीलाई मड्रिडले ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि चुवामेनी लिभरपुल, म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) जाने चर्चा थियो ।
मड्रिडले समरमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलाई नसकेपछि चुआमेनीलाई क्लबमा अनुबन्ध गरेको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया