खेल जीवनबाट सन्यास लिएका टेभेज प्रशिक्षक नियुक्त

काठमाडौँ– अर्जेन्टिना फुटबल टिमका पूर्व फरवार्ड कार्लोस टेभेजले सन्यास लिएको केही दिनपछि नै अर्जेन्टिनी फुटबल क्लब रोसारियो सेन्ट्रलको प्रशिक्षक नियुक्त भएका छन् । रोजारियोले टेभेजलाई १२ महिनाका लागि सम्झौता गरेको जनाएको छ ।
म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी तथा बोका जुनियर्स जस्ता क्लबबाट खेलेका कार्लोसले जुन ४ मा खेलजीवनबाट सन्यासको घोषणा गरेका थिए । उनले गत वर्ष जुनमा बोका जुनियर्स छाडेका थिए ।
उनले विभिन्न क्लबका लागि ३ सय भन्दा बढी गोल गरे । टेभेजले अर्जेन्टिनाका लागि ७६ खेल खेल्दा १३ गोल गरेका थिए । सन् २०२१ मा बुवाको निधनपछि टेभेजले खेल्न छाडेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया