शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेको बताएकी छन् । उनले ती पुस्तकालयको स्तर वृद्धि र विस्तार गर्न तथा नयाँ प्रविधिको प्रयोगबाट पाठकसम्म पहुँच पुर्याउन एवं अभिरुचि जगाइ राख्न थप कार्य गरिनुपर्ने खाँचो रहेको औंल्याइन् ।
नेपाल पुस्तकालय संघको नेतृत्वमा आएका लाइब्रेरियन तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै उनले भनिन्, 'पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो । तपाईंहरूले आज प्रस्तुत गर्नुभएको सन्दर्भले पनि बताएको छ ।' पुस्तकालय भन्नाले केवल पुस्तकको भण्डार मात्र होइन । विभिन्न विषयका पुस्तक, अनुसन्धान प्रतिवेदन, ऐतिहासिक दस्तावेज, नयाँ र अद्यावधिक तथ्यांकसहितको स्रोत केन्द्रका रूपमा पुस्तकालयले ज्ञान निर्माण गर्न विशिष्ट भूमिका खेलिरहेका हुन्छन् ।
वर्तमान विश्वमा पुस्तक पढिने मात्र होइन, हेर्न र सुन्न सकिने रूपमा पनि रुपान्तरित गरी बजारमा उपलब्ध हुन थालेका र यसरी पहुँचको विस्तार हुँदा समेत पठन संस्कृति भने कमजोर हुँदै गएको टिप्पणी यदाकदा सुन्ने गरेका छौँ । पाठकका बीचमा कुनै विषयमाथि गहिरिएर अध्ययन गर्ने, छलफल चलाउने, पुस्तकका बारेमा चर्चा परिचर्चा सञ्चालन गर्ने, नयाँ पुस्तकका बारेमा समीक्षात्मक सेमिनार आयोजना गर्ने जस्ता क्रियाकलापबाट पुस्तकालयले आफ्नो स्थान आफैँ निर्माण गर्न सक्नुपर्दछ । यसरी, पठन संस्कृति प्रवर्द्धन गर्ने सबैभन्दा उपयुक्त माध्यमका रूपमा पुस्तकालयलाई विकास गर्दै लैजान सकिने बताइन् ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया