प्रचण्ड र ओलीको त्यो प्रस्ताव : जब वामदेवले अस्वीकार गरे

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपालमा कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउनका लागि आफू कुनै पार्टीमा नगएको बताएका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै गौतमले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आउन प्रस्ताव गर्दा नेपालमा कम्युनिस्ट पार्टीहरूलाई एकजुट गराउने भन्दै माओवादी र एमाले प्रवेश नगरेको दाबी गरेका हुन् । 'ओली र प्रचण्डले पार्टीमा बोलाए म आउँदिन भने । म त्यतिबेला जान हुने थिएन । किन कि म एमाले र माओवादीमा प्रवेश गरेको भए कम्युनिस्ट एकता गर्न को लाग्छ ? मैले उहाँहरूलाई पार्टी एकतामा सधैँ लाग्छु भन्ने जवाफ दिएँ' गौतमले भने ।
उनले कम्युनिस्ट एकता गराउन सक्ने आफू जतिको उपयुक्त पात्र अरु नभएको बताएका छन् । उनले नेपालमा कम्युनिस्ट एकताका लागि आफू जस्तो सुकै त्याग गर्न पनि सक्ने बताए ।
त्यस्तै उनले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्टी नफुट्ने दाबी गरे । गौतमले आफुलाई पार्टी फुट्ने कल्पनासमेत नभएर गुटमा लागेको बताए ।
'मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन' गौतमले भने 'मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्छ भनेर ।'
पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया