सेवाग्राहीसँग घूस माग्ने अमिनमाथि भ्रष्टाचारको अभियोग

काठमाडौँ- जग्गाको हाल साविक गर्दा सेवाग्राहीसँग घूस माग्ने अमिनमाथि भ्रष्टाचारको अभियोग लागेको छ । भैरहवा नापी कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझीले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अभियोगसहित आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले सेवाग्राहीबाट ३० हजार घूस लिइसकेको अवस्थामा २०७९ जेठ १७ मा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका सिलसिला अमिन रायमाझी घूस लिएको प्रमाणित भएपछि मुद्दा दायर गरेको हो ।
आयोगले मुद्दा दायर गरेसँगै अमिन रायमाझी स्वतः निलम्बन पर्नेछन् । अदालतबाट भ्रष्टाचारी प्रमाणित भएको खण्डमा बिगो बमोजिम सजाय, जरिवाना, कैद भुक्तान गर्नुपर्नेछ । त्यस अतिरिक्त पेन्सन समेत पाउने छैनन् ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया