मलेसिया र थाइल्यान्डमा फुटबल खेल्ने एनआरटीको विदाइ

काठमाडौँ - मलेसिया र थाइल्याण्डमा फुटबल खेल्न जान लागेको सहिद स्मारक 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) को सोमबार विदाइ गरिएको छ । एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी लगायतले ३० सदस्यीय टोलीको विदाइ गरेको हो ।
मलेसियामा एनआरटीले पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगितामा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीविरुद्ध खेल्ने तालिका रहेको छ ।
एनआरटीले जुन ३० मा कारो एफसी र जुलाई २ मा पेनाङ एफसीसँग खेल्ने तालिका रहेको छ । पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट तथा उपविजेताले ५ हजार मलेसियन रिङगेट प्राप्त गर्नेछन् ।
मलेसियापछि एनआरटी थाईल्यान्ड जानेछ र त्यहाँ उसले ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया