थाहा पाइराख्नुहोस् इयरफोन र हेडफोनका हानी
एउटै इयरफोन शेयर गरेर सुन्नु झन हानिकारक !
काठमाडौँ : गीत सुन्न होस् वा गेम खेल्न । हेडफोन र इयरफोन अनिवार्य आवश्यकता बनिसकेको छ । दैनिक जीवनमा प्रयोग हुने यस्ता चिजले हामीलाई सेवा त दिन्छ नै स्वास्थ्यमा पनि उत्तिकै हानी गर्छ । यसको लगातार प्रयोगले विभिन्न प्रकारका कान र दिमागमा समस्या निम्त्याउन सक्छ ।
धेरैको चर्को आवाजमा हेडफोन वा इयरफोनमा गीत सुन्ने बानी हुन्छ । चर्को आवाजमा गीत सुन्दा कान सुन्न सक्ने क्षमतामा कमी आउँछ । चर्को आवाजले कानको जालीलाई असर गर्छ । धेरै चर्को आवाज सुन्ने बानी परेकाले पछि सामान्य आवाज नसुन्ने हुन सक्छ ।
कानका लागि ७५ डेसिबलसम्मको आवाजलाई सुरक्षित मानिन्छ । ८५ डेसिबलभन्दा बढीको आवाज भने कानका लागि हानिकारक हो । त्यस्तै, धेरैजनाले हेडफोन वा इयरफोन सेयर गरेर सुन्छन् । यो एकदमै गलत बानी हो । यसरी सेयर गरेर सुन्दा यदी एउटाको कानमा इन्फेक्सन छ भने त्यो इन्फेक्सन अर्काेलाई पनि सर्न सक्छ । त्यसैले, सकेसम्म हेडफोन वा इयरफोन सेयर गरेर सुन्नु हुँदैन ।
इयरफोन र हेडफोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू :
– लगातार लामो समयसम्म हेडफोन वा इयरफोनको प्रयोग गर्नुहुँदैन ।
– राति सुत्नेबेलामा इयरफोनमा गीत सुन्दै सुत्ने बानी गर्नुहुँदैन ।
– चर्को आवाजमा गीत सुन्ने बानी बन्द गर्नुपर्छ ।
– हेडफोन वा इएरफोन एकअर्कासँग सेयर गर्दै प्रयोग गर्नु हुँदैन् ।

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

प्रतिक्रिया