‘कोही नेपाली नागरिक पहिचान बोक्ने नागरिकताबाट बञ्चित नहोस्’
काठमाडौँ : सांसद शशी श्रेष्ठले पहिचान बोक्ने नागरिकताबाट कोही नेपाली बञ्चित हुन नहुने बताएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले नागरिकता विद्येयक पास नगरेको भन्दै सरकारप्रति आक्रोश पोखेकी हुन् ।
‘हरेक नागरिकको पहिचान बोक्ने नागरिकता प्राप्त बाट बञ्चित नहोस् । असार ८ मा विधेयक पारित गरिएको थियो,’ उनले भनिन्, ‘१० महिना लाग्दा पनि विधेयक पास नहुँदा शिक्षा, स्वास्थ्य रोजगार जस्ता संविधान प्रदत्त अधिकारबाट युवा बञ्चित भएका छन् । बैंक खातामा तलब राख्नुपर्ने, अनिवार्य गर्नुपर्ने भएकाले जागिर खानबाट बञ्चित भइरहेका छन् । घाम जत्तिकै छर्लंग भएको विषय हो । संविधासभाको पुनर्स्थापनाको विषय चलिरहेको समयमा यो विषय ओझेलमा पर्यो ।’
सरकारले संसद्लाई बिजनेश नदिएको उनको आरोप छ । ‘गत पुस ५ गते स्वेच्छाचारी ढंगबाट संसद् विघटन भयो । संसद् पुनर्स्थापना भएपछि सामान्य प्रस्ताव प्रस्तुत गर्ने शोक प्रस्ताव पारित गर्ने मात्रै काम रह्यो,’ उनले भनिन्, ‘सरकारले विजनेश दिइरहेको छैन । ५५ वटा विधेयक छन् । अध्यादेश पनि छन् । अध्यादेश सम्बन्धमा केही विमति भए मुलुक अध्यादेशबाट चलाउने होइन । ल्याउन सकिन्छ । नसकिने होइन । हाम्रो मुलुकमा थुप्रै समस्या छन् । दलहरू एक ढिक्का भएर अघि बढ्दा मुलुकले जितेको छ । स्वविवेकले चल्न नसकेको होकी भन्ने आइरहेको छ ।’

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

प्रतिक्रिया