बाबुराम पक्षीय विस्तारित बैठकमा ४६ प्रतिशत केन्द्रीय सदस्य उपस्थित

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य उपस्थित भएको सो समूहले दाबी गरेको छ । मंगलबार काठमाडौँमा सुरु भएको बैठकमा २३० जना केन्द्रीय कार्यकारिणी समितिका सदस्य उपस्थित भएको केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार बैठकमा उपस्थित सदस्य संख्या कूल केन्द्रीय समिति सदस्यको ४६ प्रतिशत बढी हो । जसपाको ४९९ सदस्यीय केन्द्रीय समिति छ । आफूहरूको पक्षमा १० जना सांसद रहेको उनले बताए । तर, केही कानुनी अड्चनका कारण उनीहरू बैठकमा भने उपस्थित नभएको उनले बताए ।
भट्टराई पक्षको विस्तारित बैठक काठमाडौंमा बसिरहदा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक भोलिदेखि वीरगन्जमा बस्दै छ ।
२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । जसपा यसअघि नै एक पटक विभाजित भइसकेको छ । महन्थ ठाकुर जसपाबाट बाहिरिएर लोसपा गठन गरेका छन् ।
यो पनि
बाबुरामका दुई विकल्प : फेरि वैकल्पिक शक्ति बनाउने कि विचार मिल्नेसँग एकीकरण ? (पूर्ण पाठ)

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया