दल

बाबुरामका दुई विकल्प : फेरि वैकल्पिक शक्ति बनाउने कि विचार मिल्नेसँग एकीकरण ? (पूर्ण पाठ)

इकागज |
असार २८, २०७९ मंगलबार १३:४५ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम पक्षाीय केन्द्रीय समितिको विस्तारित बैठकमा काठमाडौँमा सुरु भएको छ । मंगलबार सुरु बैठकमा अध्यक्ष डा. भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 'पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार' शीर्षकमा पेश प्रतिवेदनमा जसपा एकतादेखि आगामी रणानीतिका विषय समेटिएका छन् । स्थानीय तहको निर्वाचन समीक्षा, अन्य दलहरूप्रतिका धारणा समेत प्रतिवेदनमा छन् । 

'हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ,' प्रतिवदेनमा भनिउको छ, 'पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो विषयमाथि गम्भीर, सघन र विहङगम विचार, विमर्श  गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।'


उनले छलफलका लागि दुई विकल्प अघि सारेका छन् । नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने वा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने दुई विकल्प उनले दिएका छन् । 

  यस्तो छ राजनीतिक प्रतिवेदनको पूर्ण पाठ
 


Author

थप समाचार
x