क्रिकेट

आईपीएलः कलकता र पञ्जाबबीचको खेलमा ५२३ रन बन्दा ४२ छक्का प्रहार

इकागज |
बैशाख १५, २०८१ शनिबार ७:२२ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले कलकता नाइट राइडर्सविरुद्ध कीर्तिमान कायम गरेको छ ।

शुक्रबार राति कलकताले दिएको २ सय ६२ रनको लक्ष्य पञ्जाबले केवल २ विकेटको क्षतिमा ८ बल बाँकी रहँदै पूरा गर्न सफल भयो । यसअघि कलकताले ६ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ६१ रन बनाएको थियो ।


टी-ट्वान्टी फर्म्याटको खेलमा कुनै पनि टोलीले इतिहासमा पहिलोपटक २ सय ६२ रनको विशाल लक्ष्य पूरा गरेको हो ।

कलकता र पञ्जाबबीच बनेको ५ सय २३ टी-ट्वान्टी क्रिकेटको इतिहासमा दोस्रो सर्वाधिक रन हो । यसअघि हैदराबद र बैँग्लुरुबीचको खेलमा ५ सय ४९ रन बनेको थियो ।

त्यसैगरी, कलकता र पञ्जाबबीचको खेलमा प्रहार गरिएको ४२ छक्का अहिलेसम्मकै धेरै हो ।

पञ्जाबको जितमा जोनी बेयरस्टोले ४८ बलमा अविजित १ सय ८ रन बनाउँदा ८ चौका र ९ छक्का हिर्काए ।


Author

थप समाचार
x