क्रिकेट

आक्रमणको चेतावनीपछि टी-ट्वान्टी विश्वकपका लागि कडा सुरक्षाको आश्वासन

इकागज |
बैशाख २४, २०८१ सोमबार १६:३१ बजे

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) र क्रिकेट वेस्ट इन्डिजले आगामी जुनमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि वृहत् र बलियो सुरक्षा योजना बनाइएको जनाएका छन् ।

ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री केइथ रोवलीले टी-ट्वान्टी विश्वकपका लागि वृहत् र बलियो सुरक्षा योजना बनाइएको बताएका क्रिकइन्फोले जनाएको हो ।


वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आगामी जुन १ देखि २९ तारिखसम्म विश्वकप आयोजना गर्ने तालिका रहेको छ ।

तर त्यसअघि विश्वकपका क्रममा आतंकवादी आक्रमणको चेतावनी आएपछि वेस्ट इन्डिजका सुरक्षाकर्मीले सम्भावित आक्रमणलाई लिएर निगरानी गरिरहेका रोवलीले पुष्टि गरे ।

आईसीसीले पनि विश्वकपका लागि कडा सुरक्षा योजना बनाइएको जनाएको छ ।


Author

थप समाचार
x