घटना-दुर्घटना

नुवाकोट दुर्घटना अपडेट : उपचारका क्रममा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

इकागज |
जेठ ५, २०८१ शनिबार १७:१७ बजे

काठमाडौँ- नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३ राउतबेसीको ओरालोमा दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । 

शनिबार बिहान बा २ ख ६३ ९१ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्-श्रीमती गम्भीर घाइते भएका थिए । उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा ४० वर्षीया रुकसानी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 


मोटरसाइकल चालक श्रीमान् ४३ वर्षीय अक्सर तामाङको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फरार रहेका बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

र, यो पनि 

बसले मोटरसाइकललाई ठक्कर दियो, श्रीमान-श्रीमती घाइते


Author

थप समाचार
x