समाज

बसले मोटरसाइकललाई ठक्कर दियो, श्रीमान-श्रीमती घाइते

इकागज |
जेठ ५, २०८१ शनिबार ९:४ बजे

काठमाडौँ- नुवाकोटको दुप्चेश्वर गाउँपालिका- ३ राउतबेसीको ओरालोमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान बा २ ख ६३ ९१ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

मोटरसाइकलमा सवार दुई जना श्रीमान श्रीमती रहेको तर उनीहरूको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाले जनाएको छ । शाखाका अनुसार घाइतरेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । फरार रहेका बस चालकको खोजीकार्य जारी रहेको बताइएको छ ।



Author

थप समाचार
x