क्रिकेट

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

इकागज |
जेठ ५, २०८१ शनिबार १३:१५ बजे

काठमाडौँ- सुदूरपश्चिम प्रदेशललाई पराजित गर्दै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।


उपाधिका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि कविता जोशीले ६७ रन बनाएपनि जितका लागि पर्याप्त भएन । एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । एपीएफका लागि कप्तान सिता राना मगरले ७४ तथा राजमती ऐरीले ५० रन जोडे ।


Author

थप समाचार
x