क्रिकेट

टी-ट्वान्टी विश्वकपमा मार्सले बलिङ गर्न सक्षम हुने प्रशिक्षक म्याकडोनाल्डको विश्वास

इकागज |
बैशाख २५, २०८१ मंगलबार १५:१२ बजे

काठमाडौँ- आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा खेल्नका लागि अस्ट्रेलियन कप्तान मिचेल मार्सल पूर्ण रूपमा तयार हुने विश्वास व्यक्त गरिएको छ ।

अस्ट्रेलिया क्रिकेट टिमका मुख्य प्रशिक्षक एन्ड्रयू म्याकडोनाल्डले टी-ट्वान्टी विश्वकपमा कप्तान मार्सले बलिङ गर्न सक्षम हुने बताएका हुन् ।


मार्स मे महिनाको अन्त्यतिर मात्र बलिङ गर्न सक्षम हुने म्याकडोनाल्डले खुलासा गरेको आईएएनएसले जनाएको छ ।

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट खेलेका मार्स घाइते भएपछि अप्रिल ३ पनि कुनै पनि खेल खेलेका छैनन्  । घाइते भएलगतै उनी अस्ट्रेलिया फर्किएका थिए ।

तर, उनी विश्वकपको पहिलो खेलमै बलिङ गर्न सक्षम हुने म्याकडोनाल्डले बताएका छन् ।

विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाले जुन ५ मा ओमानको सामना गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x