समाज

सुवासले बाँडे विद्यार्थीलाई ४४ सेट ट्रायकसुट

इकागज |
जेठ ६, २०८१ आइतबार १०:१६ बजे

काठमाडौँ - सिन्धुपाल्चोकको बलेफि ६ मा रहेको बेत्रावती आधारभूत विद्यालयमा ट्रयाकसुट सेट वितरण गरिएको छ । 

बलेफि गाउँपालिकाका नेपाली कांग्रेसका नेता तथा सिन्धु काठमाडौँ सम्पर्क समितिका सभापति सुवास तिमल्सिनाले व्यक्तिगत खर्चमा शनिबार विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट सेट वितरण गरेका हुन् ।


तिमल्सिनाले बलेफि पालिकाभित्रका ३२ वटै विद्यालयमा ट्रयाकसुट वितरण गर्ने योजना रहेको बताए । उनले आर्थिक रुपमा कमजोर भएका पालिकाभित्रका बालबालिकालाई आर्थिक सहयोग गर्ने पनि उनले जनकारी दिए । 

विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई ४४ सेट ट्रायकसुट वितरण गरिएको विद्यालयका प्रधानध्यापक काशी नेपालले जानकारी दिए । ट्रयाकसुट वितरण गर्न बलेफि ७ का काँग्रेसका वडा सभापति  निरकुमार तामाङ (फापाङ) समेत गएका थिए । ट्रायकसुट वितरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर तामाङ, वडाका समाजसेवी तोपबहादुर तामाङ, रञ्जित पौडेललगायत सहभागी भएका थिए । 


Author

थप समाचार
x