क्रिकेट

चेन्नईलाई पराजित गर्दै बैँग्लुरु प्लेअफमा

इकागज |
जेठ ६, २०८१ आइतबार १०:१८ बजे

काठमाडौँ- चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैँग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा बैँग्लुरुले चेन्नईलाई २७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । बैँग्लुरुले पछिल्ला ६ वटै खेलमा जित हात पारेर अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो ।


जितसँगै बैँग्लुरुले १४ खेलबाट १४ अंक जोड्दै चौथो स्थानमा उक्लिएको हो । यता चेन्नईको १४ अंक भएपनि नेट रनरेटमा भने बैँग्लुरु भन्दा तल पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार रातिको खेलमा २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनमात्र बनाउन सक्यो ।

चेन्नईका लागि रचिन रविन्द्रले ६१ रन, रविन्द्र जडेजाले ४२ तथा अजिन्क्या रहाणेले ३३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । बैँग्लुरुका लागि यश दयालले सर्वाधिक २ विकेट हात पारे ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैँग्लुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन जोड्यो ।

बैँग्लुरुका लागि कप्तान फाफ डु प्लेसिसले ५४ रन, विराट कोहलीले ४७ रन तथा रजत पाटिदारले ४१ रन जोडे । चेन्नईका लागि शार्दुल ठाकुरले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x