दल

राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको छु : भीम रावल

इकागज |
बैशाख १३, २०८१ बिहीबार १६:५१ बजे

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् । उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको तर्क गरे ।


जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महसुस भएको उनले बताए । रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे ।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउँदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए । आफूले गरेको गल्तीको दोष अरूलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए ।


Author

थप समाचार
x