बागमती

वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

इकागज |
बैशाख २२, २०८१ शनिबार २१:२३ बजे

काठमाडौँ- वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २४ गते सार्वजनिक बिदा दिइने जनाएको हो । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, '२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा २०८१ साल वैशाखमा बिदा दिइने छ ।' 



Author

थप समाचार
x