बागमती

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

इकागज |
जेठ ४, २०८१ शुक्रबार ९:१३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ  । 


महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गरेका योजना तथा सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र यस प्रणाली वा इमेल [email protected] वा महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।


Author

थप समाचार
x