बागमती

बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता

इकागज |
जेठ ४, २०८१ शुक्रबार २१:५९ बजे

मकवानपुर- बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि आज अपराह्नसम्ममा चारवटा पदमा मनोनयन दर्ता गरिएको छ । 

राजनीतिक दलको सहमतिअनुसार नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङदोर्जे लामा, कृषि, शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकालको मनोनयन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 


अर्थ तथा विकास समितिको सभापति पदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता गरेकाले सो पदमा भोलि शनिबार अपराह्न निर्वाचन हुने सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । नेकपा (एमाले) को भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने उम्मेदवारी दर्ता नभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले आज बसेको सर्वदलीय बैठकले निर्विरोध निर्वाचन गर्ने सहमति गरेअनुसार मनोनयन दर्ता भएका बताए ।


Author

थप समाचार
x