फुटबल

प्रिमियर लिगः आर्सनल र सिटीको जित

इकागज |
बैशाख २३, २०८१ आइतबार ११:१६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत शीर्ष स्थानको आर्सनल र साविक विजेता म्यानचेस्टर सिटीले जित हात पारेका छन् ।

शनिबार राति सम्पन्न खेलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई ३-० गोलअन्तरले पराजित गर्‍यो ।


बर्नमाउथमाथि आर्सनललाई जित दिलाउन बुकायो साका, लियान्द्रो ट्रोसार्ड र डेक्लन राइसले एक-एक गोल गरे ।

जितसँगै शीर्ष स्थानको आर्सनलले ३६ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३५ खेलमा ८२ अंक छ ।

साविक विजेता म्यानचेस्टर सिटीले पनि शनिबार राति जित हात पारेको छ । सिटीले उल्भ्सलाई ५-१ गोलअन्तरले पाखा लगायो ।

सिटीको जितमा अर्लिङ हालान्डले ४ गोल तथा जुलियन अल्भारेजले १ गोल गरे । उल्भ्सका लागि ह्वाङ हि-चानले एक गोल फर्काए ।


Author

थप समाचार
x