फुटबल

चार खेलपछि मैदानमा फर्किएका मेस्सीले गरे गोल

इकागज |
चैत २५, २०८० आइतबार १३:४२ बजे

काठमाडौँ- चार खेलपछि मैदानमा फर्किएका लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीका लागि गोल गरेका छन् ।

मेजर सकर लिगअन्तर्गत आइतबार बिहान कोलोराडो र्‍यापिड्सविरुद्ध २-२ गोलको बराबरी खेल्दा मेस्सीले मियामीका लागि एक गोल गरे । मियामीका लागि थप एक गोल लियोनार्दो अफोन्सोले गरे ।


कोलोराडोको लागि राफाएल नाभारो तथा कोल बासेटले एक-एक गोल गरे ।

ह्यामस्ट्रिङको समस्याका कारण मेस्सीले मियामीले खेलेका चार खेल गुमाउन पुगेका थिए ।


Author

थप समाचार
x