फुटबल

प्रिमियर लिगः टोटेनहम चौथो स्थानमा उक्लियो

इकागज |
चैत २६, २०८० सोमबार १०:४४ बजे

काठमाडौँ- टोटेनहम इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा नटिङ्घम फरेस्टलाई ३-१ गोलअन्तरले पराजित टोटेनहम तालिकाको चौथो स्थानमा उक्लिएको हो ।


फरेस्टमाथिको जितसँगै  टोटेनहमले ३१ खेलबाट ६० अंक जोडेको छ । पाँचौँ स्थानको एस्टन भिल्लाको ६० अंक भएपनि गोलअन्तरमा टोटेनहम माथि छ ।

आइतबार राति टोटेनहमलाई जित दिलाउन मिक्की भान डी भेन र पेद्रो पोरोले एक-एक गोल गर्दा फरेस्टका मुरिलोले एक आत्मघाती गोल गरे ।

फरेस्टका लागि क्रिस उडले एक गोल फर्काए । ३२ खेलबाट २५ अंक जोडेको फरेस्ट १७ औँ स्थानमा छ ।


Author

थप समाचार
x