समाज

ब्याण्डविथको रकम भुक्तानी नगर्दा देशभर इन्टरनेट सेवामा समस्या

इकागज |
बैशाख २०, २०८१ बिहीबार २०:१० बजे

काठमाडौँ- देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्ड लिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटा लगायतका कम्पनीलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको ब्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाखभन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।


इन्टरनेट सेवा प्रदायकहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।    

अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।

उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन ।


Author

थप समाचार
x