संसद्

प्रतिनिधिसभाको आजको बैठक स्थगित

प्रधानमन्त्रीले आजै साँझ कांग्रेस नेताहरूसँग छलफल गर्ने

इकागज |
जेठ ४, २०८१ शुक्रबार १५:८ बजे

काठमाडौँ- आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ  ।

यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको थियो ।


कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।

अहिलेसम्म सहमतिको प्रयास भए पनि सहमति हुन नसकेपछि आजको संसद् बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आजै साँझ कांग्रेस नेताहरूसँग छलफल गर्ने बताइएको छ ।


Author

थप समाचार
x