संसद्

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

इकागज |
जेठ ३, २०८१ बिहीबार १८:३१ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेला धकेल समेत भएको थियो । सांसदहरूबीच धकेला धकेल हुँदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।


नाराबाजीका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ ।

यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।


Author

थप समाचार
x