फुटबल

'सी' डिभिजन फुटबल लिग विजेताले १० लाख पाउने

इकागज |
चैत २१, २०८० बुधबार १७:१ बजे

काठमाडौँ- सहिद स्मारक 'सी' डिभिजन फुटबल लिगको विजेता टिमले १० लाख पाउने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक पत्रकार सम्मेलनका क्रममा 'सी' डिभिजन लिगको विजेताले १० लाख पाउने जनाएको हो ।


चैत २२ गतेबाट एन्फा कम्पलेक्स सातदोबाटोमा आयोजना हुने लिगका उपविजेता टिमले ७ लाख तथा तेस्रो हुने टिमले ५ लाख पाउने भएको हो ।

एन्फाले जनाएअनुसार फेयर प्ले टिमले ५० हजार, उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षकले ३५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएका छन् ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा १४ टिमको सहभागिता रहने तथा लिगमा जम्मा ९१ खेल हुने एन्फाले जनाएको छ ।


Author

थप समाचार
x