फुटबल

रियल मड्रिड र बार्सिलोनाको संघर्षपूर्ण जित

इकागज |
बैशाख २, २०८१ आइतबार ११:२४ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिड र बार्सिलोनाले संघर्षपूर्ण जित हात पारेका छन् ।

शनिबार राति सम्पन्न खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कालाई १-० गोलअन्तरले पराजित गरेको हो ।


रियल मड्रिडको जितमा औरेलियन चोउमेनीले निर्णायक गोल गरे । उनले ४८ औँ मिनेटमा रियल मड्रिडका लागि विजयी गोल गरे ।

जितसँगै रियल मड्रिडले ३१ खेलबाट ७८ अंक जोडेको छ । मालोर्का भने ३१ अंकसहित १५ औँ स्थानमा छ ।

अर्को खेलमा दोस्रो स्थानको बार्सिलोनाले काडिजलाई १-० गोलअन्तरले पराजित गर्‍यो । बार्सिलोनाको जितमा जोआओ फेलिक्सले ३७ औँ मिनेटमा विजयी गोल गरे ।

जितसँगै बार्सिलोनाले ७० अंक जोडेको छ । यता काडिजको भने २५ अंक छ ।


Author

थप समाचार
x