फुटबल

काडिजमाथि रियल म्याड्रिड ३-० ले विजयी

इकागज |
बैशाख २३, २०८१ आइतबार ७:१० बजे

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ३-० गोल अन्तरले पराजित गरेको हो । ​

रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, जुडे बेलिङघम र जोसेलुले एक एक गोल गरेका थिए ।


यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ  र अब लिगको यस सिजनको उपाधि जितको नजिक पुगेको छ ।

त्यस्तै काडिजको ३४ खेलमा २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

 


Author

थप समाचार
x