कारबाहीको आधिकारिक सूचना नआई किन घट्यो अजोडको सेयर मूल्य ?

काठमाडौँ : केही समयअघि निरन्तर बढिरहेको अजोड इन्स्योरेन्सको सेयर मूल्य घट्न थालेको छ । भित्री खबर चुहाएर मूल्य बढाएको आशंकामा छानबिन गर्ने भएपछि सेयर मूल्य घट्नु स्वाभाविक नै हो । तर, धितोपत्र बोर्डले आधिकारिक सूचना जारी नगर्दै अजोड इन्स्योरेन्सको सेयर मूल्य घट्न थालेको थियो ।
गत चैत १९ बाट अजोड इन्स्योरेन्सको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । तर, धितोपत्र बोर्डले सोमबार (चैत २३ गते) मात्रै छानबिनको प्रक्रिया अघि बढाएको जानकारी दिएकव थियो ।
इकागजमा भित्री सूचना चुहाई अजोड इन्स्योरेन्सको सेयर कारोबार शिर्षकको समाचारमार्फत भित्री कारोबारको खुलासा भएको थियो । विभिन्न सञ्चारमाध्यममा समेत यो समाचार आएपछि लगानीकर्ताहरू सजग भएको हुनसक्ने अनुमान गरिएको छ । तर, यो समाचार आएको दुई दिनसम्म पनि लगातार अजोडको सेयर मूल्य बढिरह्यो ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अजोड इन्स्योरेन्सको विषयमा छानबिन गर्ने सूचना बाहिरियो । धितोपत्र बोर्डले औपचारिकरुपमा कुनै सार्वजनिक सूचना जारी नगर्दै अजोड इन्स्योरेन्सको सेयर मूल्य घट्न थाल्यो ।
धितोपत्रको मूल्यमा प्रभाव पार्ने गरी कारबाहीको सूचना बाहिरिनुले धितोपत्र कारोबारको संवेदनशीलतामाथि बोर्डको भूमिका शंकास्कपद देखिएको छ ।
गत साता सोमबार अजोड इन्स्योरेन्सको सेयर मूल्य ७० रुपैयाँले बढेर सर्किट ब्रेकरको स्तरमा पुगेको थियो। कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर ७७६ रुपैयाँ कायम भयो। कम्पनी सञ्चालक समितिको निर्णय सार्वजनिक हुनु अघिदेखि नै सेयर मूल्य उच्च दरले बढेको थियो ।
तर, सोमबार नै बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्यो । जसअनुसार प्रत्येक २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी हुनेछ । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ ।
साधारणसभा प्रयोजनका लागि चैत २४ गतेदेखि बुक क्लोज थियो । सेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर सेयरको मूल्यमा चलखेल गर्ने प्रवृत्ति बढेको छ । नियामक निकाय धितोपत्र बोर्ड र फन्ट लाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो । त्यसमाथि कारबाही गर्ने विषयमा ठोस नतिजामा नपुग्दै हल्लाबाजी गर्ने नियामक निकायको निर्णय शंकास्पद रहेको लगानीकर्ताहरू बताउँछन् ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया