चेल्सीद्वारा क्लब अमेरिका पराजित

काठमाडौँ – प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा इंग्लिस क्लब चेल्सीले अमेरिकाको क्लब अमेरिकामाथि जित हात पारेको छ । अमेरिकाको लास भेगसस्थित अलेजियन्ट स्टेडियममा आइतबार बिहान भएको खेलमा चेल्सीले क्लब अमेरिकालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा टिमो वेर्नर र मासोन माउन्टले एक-एक गोल गरे । क्लब अमेरिकाका लागि भने चेल्सीका रिसे जेम्सले गरेको आत्मघाती गोल नै रह्यो ।
खेलको ५५ औँ मिनेटमा गोल गर्दै टिमोले चेल्सीलाई अग्रता दिलाएका थिए । तर रिसेले ६० औँ मिनेटमा आत्मघाती गोल गरेपछि अमेरिकी क्बल खेलमा फर्किएको थियो ।
तर मासोनले ८३ औँ मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया