तिलोत्तमामा जनप्रतिनिधिबीच लछारपछार : यसरी खसालियो वडाअध्यक्षलाई स्वीमिङ पुलमा (भिडियो)

काठमाडौं– रूपन्देहीको तिलोत्तमाको चौथो नगरसभामा विवाद हुँदा एक वडाअध्यक्षलाई लछारपछार गरेर स्वीमिङ पुलमा खसालिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष हरिबहादुर क्षेत्री स्वीमिङ पुलमा खसेका हुन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।
नगरसभा मणिग्राम पार्टी प्यालेसमा चलिरहेको थियो । गणपूरक संख्या नपुगेपछि उत्पन्न भएको विवादले चर्काे रुप लिएको हो । त्यही क्रममा जनप्रतिनिधि बीचमै फाटो आएपछि स्थिति धकेलाधकेलसम्म पुगेको थियो ।
९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि पुनः स्थगित भएको हो ।
उपमेयर जागेश्वरी चौधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दावाद,कांग्रेसका हाकिम मुर्दावाद, राजीनामा दे लगायतका नारा लगाएका हुन् । उपमेयर चौधरीले हाकिमलाई तँ नै भनेर गाली नै गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन् ।
यसअघि असार ३१ गते नगरसभाको बजेट पास गर्न बसेको बैठकमा उपमेयर चौधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएको र गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । बजेटसभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले भने उपसमितिको पनि एजेन्डासँगै लैजान भनेपछि विवाद चुलिएको हो ।
तिलोत्तमाको कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतको दम्भ देखाउँदै एकलौटी गर्न खोजेपछि शुरू देखिनै विवाद उत्पादन भएको हो तर नगरप्रमुख खांणले भने समितिहरू सहमतिका आधारमा समावेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आज स्थगित बैठक भोलि बस्नेछ ।
भिडियाे : अनुज बज्राचार्य
याे पनि
तिलाेत्तमामा उपमेयरले हाकिमलाई 'तँ' भनेपछि तनाव : धकेलाधकेल भएपछि नगरसभा स्थगित [भिडियाे]
हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया