मतदान सुरु, भोट दिन कहाँ जाने ?

काठमाडौँ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि बेलूकी ५ बजेसम्म तोकिएको मतदानस्थलमा पुगेर आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकिने महासंघको निर्वाचन समितिले जनाएको हो ।
समितिका अनुसार यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदानस्थल तोकिएको छ । उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानस्थल तोकिएको छ । यस्तै एशोसिएटका लागि दशरथ रंगशालामा मतदानस्थल तोकिएको छ भने प्रतिष्ठानका लागि विभिन्न मिडिया हाउसमा मतदानस्थल तोकिएको छ ।
कहाँ-कहाँ हुँदैछ मतदान ?
महासंघको चुनावका लागि कान्तिपुर प्रतिष्ठानका पत्रकारले आफ्नै मिडिया हाउसबाट मतदान गर्न पाउनेछन् । कान्तिपुरका लागि कान्तिपुर दैनिक थापाथली र कान्तिपुर एफएम पुल्चोकमा मतदानस्थल तोकिएको छ । यस्तै एबिसी टेलिभिजन, च्यानल नेपाल, गोरखा एफएम र मेरो एफएमका लागि एबिसी टेलिभिजनको कार्यालय न्यूप्लाजामा केन्द्र तोकिएको छ ।
यस्तै रेडियो नेपाल र नेपाल टेलिभिजनका पत्रकारले टेलिभिजनकै सिंहदरबार कार्यालयबाट मतदान गर्न सक्नेछन् । ललितपुरको चाकुपाटमा रहेको सीआइएन कार्यालयमा माउन्टेन टेलिभिजन, कारोबार दैनिक, नेपाल एफएम, आउटलाइट समाचार सेवा, कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा, एन्टेना फाउण्डेसन, हिमाल मिडिया, राजधानी, मिडिया होम र सीआईएनका पत्रकारले मतदान गर्न सक्नेछन् ।
यस्तै गोरखापत्र दैनिकको धर्मपथमा रहेको कार्यालय, भद्रकालीमा रहेको रासस कार्यालयमा मेट्रो एफएम र राससका पत्रकारले भोट दिन सक्नेछन् । यस्तै अन्नपूर्ण पोष्ट तिनकुने, नेपालवाणी र स्वतन्त्र समाचार सेवा केन्द्र थापागाउँ, हिमालय टाइम्स मध्यबानेश्वर, न्युज २४ टेलिभिजन लाजिम्पाटबाट पनि त्यहाँ रहेका प्रतिष्ठानका पत्रकारले मतदान गर्न सक्नेछन् ।
यस्तै एभिन्युज टेलिभिजन केन्द्र महाराजगञ्ज, रेडियो थाहासञ्चार, रेडियो राजधानी र जनसञ्चारको सुमार्गी कम्पलेक्स माइतीघर, कामना शाखा केन्द्र भीमसेनस्थान, नयाँ पत्रिका पुतलीसडक, इमेज टेलिजिभन केन्द्र पानीपोखरीबाट पनि त्यहाँ रहेका प्रतिष्ठानका पत्रकारले मतदान गर्न सक्नेछन् ।
यस्तै रेडियो मिरमिरे अनामनगर केन्द्र, रिपब्लिका केन्द्र बागदरबार, कान्तिपुर टेलिभिजन तिनकुने, हिमालय टेलिभिजन केन्द्र मध्यबानेश्वरमा पनि त्यहाँ रहेका पत्रकारले मतदान गर्न पाउनेछन् । यसपटक महासंघको अध्यक्षका लागि विपुल पोखरेल र निर्मला शर्माको प्यानल चुनावी मैदानमा छ । पत्रकार गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् । प्यानलसहित केही पत्रकारले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । पत्रकार महासंघको नयाँ नेतृत्व छान्न आज १३ हजार बढी पत्रकारले मतदान गर्दैछन् ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया