कुमार थापा महिला टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ- साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको शुक्रबार जानकारी गराएको हो ।
एन्फाले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना गर्दैछ । यसैबीच एन्फाले महिला संघकी अध्यक्ष विन्द्रा देवानलाई टिम व्यवस्थापक नियुक्त गरेको छ ।
एन्फाले वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काको नेतृत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ । सबै उपाध्यक्ष तथा सदस्यहरु समितिका सदस्य हुने छन् ।
रविन चन्दलाई मैदान व्यवस्थापक, विजय घलेलाई लोकल जेनरल म्यानेजर, दिनेश व्यन्जनकार सुरक्षा प्रमुख तथा सञ्जीब सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइट्सको संयोजक नियुक्त भएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया