सिटी भर्सेस म्युनिखः डेब्यु खेलमै हालान्डको निर्णायक गोल
काठमाडौँ – प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा म्यानचेस्टर सिटीले बार्यन म्युनिखलाई पराजित गरेको हो । अमेरिकाको लाम्वियु फिल्डमा आइतबार बिहान भएको खेलमा इंग्लिस क्लब सिटीले जर्मन क्लब म्युनिखलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
४५ मिनेट ढिला सुरु भएको खेलमा सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल अर्लिङ हालान्डले गरे । खेलको १२ औँ मिनेटमा नर्वेजियन स्ट्राइकर हालान्डले गरेको एकमात्र गोल सिटीको जितका लागि पर्याप्त रह्यो ।
हालान्डले सिटीका लागि डेब्यु खेलमै ८० हजार दर्शकमाझ गोल गर्न सफल भएका हुन् । यसअघि सिटीले अमेरिकामै क्लब अमेरिकालाई २-१ ले पराजित गर्दा हालान्डले उक्त खेल गुमाएका थिए ।
सिटी र म्युनिख प्रि-सिजन टुरका लागि अमेरिका पुगेका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया