लालबाबु पण्डितको प्रश्न : विधेयक अधिवेशनले विधेयक पास गर्छ कि गर्दैन ?

काठमाडौँ : पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले प्रतिनिधि सभा बैठकले 'सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ?' भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पण्डितले यस्तो प्रश्न गरेका हुन् ।
'यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? यो विधेयक अधिवेशन हो तर यसले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्, संसद्मा अहिले ६५ वटा विधेयक छन्, यी सबै महत्वपूर्ण विधेयक हुन्', उनले भने ।
त्यस्तै संसदमा काम छैन भन्नेहरू भन्नेहरूलाई विधेयक शाखामा गएर हेर्नसमेत सांसदले पण्डितले सुझाव दिएका छन् । सरकारले काम दिएन भन्नु एकतर्फी कुरा भएको पनि उनले दाबी गरे । 'संसद्ले काम नपाएको भन्ने, सरकारले काम निदिएको भन्ने ? संसद्ले काम नपाएको होइन, संसद्ले काम गर्न नसकेको हो', उनले भने ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया