तीन दिन पर सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पर सरेको छ । चैत २७ गते शुक्रबार भोलिका लागि बोलाइएको बैठक ३० गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया